प्रियंकाले आफ्नो बायोबाट निकको थर हटाइन्, के यि दुईबिच डिर्भोस हुन लागेको हो ? — OSNepal

प्रियंकाले आफ्नो बायोबाट निकको थर हटाइन्, के यि दुईबिच डिर्भोस हुन लागेको हो ?

LC (KTM) November 23, 2021 0

एजेन्सी । बलिउड र हलिउडमा राम्रो चर्चा कमाएकी चर्चित नायिका प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग विबाह गरेपछि यो जोडीको लामो समय तारिफ भयो ।

तर अहिले प्रियंकाका फ्यानहरुले नै प्रियंकाको डिर्भोस हुन लागेको हो भन्ने आशंका व्यक्त गरेका छन् । सोमवार मात्रै प्रियंकाले आफ्नो इन्स्टाग्राममा एकाएक बायो बदलेपछि प्रियंकाका फ्यानले यो जोडीको डिर्भोस त हुन लागेको हैन भन्दै आशंका व्यक्त गर्न थालेका हुन् ।

प्रियंकाले आफ्नो बायोबाट निकको सरनेम जोनस हटाएसँगै सामाजिक सञ्जालमा उनका फ्यानहरूले निकै चिन्ता जनाएका छन् । प्रियंकाका फ्यानहरुलेृ चिन्ता व्यक्त गर्दै इस्टाग्राममा नै मैले निक र प्रियंकाको ब्रेकअप हुनै नसक्ने बताउँदै आएकी थिएँ, दुवै दिवालीसम्म सँगै थिए, तर अब मलाई लाग्छ, म गलत छु ।, के निक र प्रियंकाको ब्रेकअप भइसक्यो रु लगायतका प्रतिक्रियाहरु दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर