प्रीति जिन्टालाई नचिने पछि दिग्गज कलाकार संजय खानले ट्वीटरमा मागे यसरी माफी — OSNepal

प्रीति जिन्टालाई नचिने पछि दिग्गज कलाकार संजय खानले ट्वीटरमा मागे यसरी माफी

LC (KTM) November 23, 2021 0

बलिउड अभिनेत्री प्रीति जिन्टालाई नचिन्ने कोही छैन । आफ्नो प्यारो मुस्कान र गालामा बस्ने डिम्पलले सबैलाई लोभ्याउने गरेको छ । त्यसैले पनि उनलाई डिम्पल गर्लको रुपमा चिनिने गरिन्छ । तर हालै एक दिग्गज कलाकार संजय खानले प्रीति जिन्टालाई चिनेन् । प्रीतिलाई नचिनेकोमा संजय खानलाई पछुतो समेत लागेको छ ।

उनले ट्वीट गरेर अभिनेत्री संग माफी समेत मागेका छन् । संजयले लेखेका छन्– प्यारी प्रीति– एक जेन्टलमेनको जस्तो म सोच्छु । माफी माग्नु मेरो कर्तब्य हो । किनकी जब मेरो छोरी सिमोनले मलाई फ्लाइटमा तपाई संग परिचय गराईन् त्यतिबेला मैले तपाई लाई चिन्न सकिन । यदि जिन्टा मात्र भनेको भए मलाई तपाईलाई चिन्ने थिए किनकि तपाईको यति राम्रो सुन्दर अनुहार रहेको कैयौ फिल्म हेरेको थिए ।

संजयको यो सार्वजनिक माफी पछि प्रीतिको जवाफ आउन बाँकि नै रहको छ । प्रीति हालै आमा बनेको खबर भने चर्चाको शिखरमा रहेको छ । उनले आफ्नो पति जीन गुडइनफ संगको फोटो सार्वजनिक गर्दै खुशीको खबर दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर