प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक — OSNepal

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

LC (KTM) January 10, 2022 0

काठमाडौं – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर