प्रेमी रोहमनसँग अलग भएपछि अभिनेत्री सुस्मिता सेनले लेखेको स्टाटस भाइरल — OSNepal

प्रेमी रोहमनसँग अलग भएपछि अभिनेत्री सुस्मिता सेनले लेखेको स्टाटस भाइरल

LC (KTM) December 27, 2021 0

मुम्बई- बलिउड अभिनेत्री एवं पूर्व मिस युनिभर्स सुस्मिता सेन प्रेमी रोहमन सलसँग अलग भएकी छन्। सुस्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै रोहमनसँग अलग भएको पुष्टि गरेकी हुन्।

उनीहरूको सम्बन्धका विषयमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका बेला सुस्मिताले प्रेमी रोहमनसँगको तस्बिर सेयर गर्दै अलग्गिएको पुष्टि गरेकी हुन्। ‘साथीका रुपमा हाम्रो सम्बन्ध सुरु भएको थियो। हामी अहिले पनि साथी नै छौं। रोहमनसँगको सम्बन्ध पहिले नै टुटिसकेको छ। हामीबीचको प्रेम भने अहिले पनि बाँकी नै छ’, सुस्मिताले इन्टाग्राममा लेखेकी छन्। प्रेमी–प्रेमिकाका रुपमा आफूहरू अलग्गिए पनि साथी भने सदैव रहिरहने सुस्मिताले स्पष्ट पारेकी छन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

सुस्मिता र रोहमनको जोडीलाई बलिउडमा निकै रुचाइएको थियो। उनीहरूबीच विवाह हुने चर्चा पनि निकै पहिलेदेखि नै चलेको थियो। सुस्मिताको दुई छोरीसँग पनि रोहमनको निकै राम्रो सम्बन्ध थियो। तर, उनीहरूको सम्बन्ध किन चिसियो भन्ने खुलासा अहिलेसम्म भएको छैन।

सुस्मिता र रोहमनको भेट सामाजिक सञ्जालमार्फत भएको थियो। रोहमनले इन्टाग्राममा सुस्मितालाई म्यासेज पठाएका थिए। त्यसपछि उनीहरूको भेट एक फेसन शोमा भएको थियो। पहिलो भेटमै सुस्मिता रोहमनप्रति आकर्षित भएकी थिइन्। त्यसपछि उनीहरूले लामो समय डेट गरेका थिए। रोहमन अघि सुस्मिता सेनले विक्रम भट्ट, वसिम अकरम, रणदीप हुड्डा, ऋतिक भसिन, मुदस्सर अजीजसँग डेट गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर