फाइनलमा पुग्नु नै हाम्रो सफलता हो , टीमको प्रर्दशनलाई लिएर खुशी छु -कप्तान चेम्जोंग — OSNepal

फाइनलमा पुग्नु नै हाम्रो सफलता हो , टीमको प्रर्दशनलाई लिएर खुशी छु -कप्तान चेम्जोंग

LC (KTM) October 18, 2021 0

साफ च्याम्पियनसिप फुटबलको उपबिजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान तथा गोलकिपर किरण चेम्जोङले साफको फाइनल सम्मको यात्रा तय गर्नु नै ठूलो उपलब्धि भएको बताएका छन् । साफमा नेपालको यात्रा सुरु देखी नै गाह्रो भए पनि गन्तब्य सम्म पुगेको बताए । किरणले भने -२८ वर्षपछि फाइनल पुगेर इतिहास रच्यौं ।

तर, फाइनलमा हामी चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमायौं। शनिबार राति भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग तीन शुन्य गोल अन्तरले पराजित भएको थियो । उनले प्रतियोगितामा टिमको प्रदर्शनबाट आफु एकदमै सन्तुष्ट रहेको समेत बताए । तर पनि उनले फाइनल खेलमा उपाधी गुमाउदा दुख लागेको बताए ।

उनले पराजय बाट धेरै कुरा सिकेको र यसले आगामी दिनमा राम्रो हुने प्रतिक्रिया दिए । उनले मानसिक रुपमा आफुहरुले भारतलाई कडा लिएको हो कि भन्ने जस्तो लागेको बताउँदै पहिलो हाफमा राम्रो नै खेलेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर