फिल्म शुटिंगमा चलाएको गोली लागेर छायाँकारको मृत्यु, निर्देशक गंभीर घाईते — OSNepal

फिल्म शुटिंगमा चलाएको गोली लागेर छायाँकारको मृत्यु, निर्देशक गंभीर घाईते

LC (KTM) October 22, 2021 0

फिल्म लाईनमा कहिले काहि साच्नै नसकेको घटना घटिदिन्छ । यस्तै भएको हलिउड चलचित्र रस्टको छायाँकनको क्रममा । यो फिल्म शुटिंग भईरहको बेला अभिनेताले चलाएको प्रप गनका कारण छायाँकारको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् । रस्ट फिल्मको छायाँकन भइरहेको थियो त्यतिबेला फिल्मका अभिनेता एलके बाल्डविनले प्रप गनमार्फत् फायर गर्दा गोली लागेर छायाँकन गरिरहेकी ४२ बर्षिया हलिना हचिन्सको मृत्यु भएको अन्र्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रप गन नक्कली हुँदैन् यसमा गोलीको साटो ब्ल्याक कार्टरिज प्रयोग भएको हुन्छ । बाल्डविनले चलाएको बन्दुकमा खराबी रहेको र त्यो फायर गर्दा भुलबस छायांकन गरिरहेकी हलिना लाई लाग्न पुगेको थियो । न्यू मेक्सिको शहरको बोनान्जा क्रिक रेन्चमा उक्त फिल्म शुटिंग भईरहदा उक्त घटना घट्न पुगेको थियो । दुर्घटनापछि हलिनालाई अस्पताल लगिएको थियो । तर उनको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । दुर्घटनामा परि फिल्मका लेखक–निर्देशक जोएल सूजा गम्भीर रुपमा घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर