फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्दै — OSNepal

फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्दै

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत देखिएका छन् । प्रधानन्यायाधीश सर्वोच्चका १९ न्यायाधीशहरुको आग्रह बमोजिम फुल कोर्ट बैठक बस्न सहमत भएको स्रोतले बताएको हो ।

फुलकोर्ट बैठकको लागि जवराले मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई सबै तयारी पुरा गर्न भन्दै सबै न्यायाधीशलाई पत्र पठाएर जानकारी गराउन निर्देशन दिएका छन् । बैठकमा नियमावली संशोधन गर्ने तयारी समेत रहेको जनाइएको छ । नियमावली संशोधन गर्न सर्वोच्चका सबै न्यायाधीशहरु सहभागी हुनुपर्ने नियम रहेको छ ।

साथै बैठकमा नियमावलीको नियम २० मा रहेको प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्नेछ । जवराको राजीनामा माग गर्दै आन्दोलनरत पाँच न्यायाधीशले भने गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कामका लागि बोलाइने फुलकोर्टमा सहभागी हुने जानकारी गराइसकेका छन् ।

तथापी, उनीहरुले आन्दोलनरत न्यायाधीशको माग जायज भएपनि लामो समय सम्म इजालास बहिष्कार गर्ने विषयमा भने असहमत जनाउँदै इजलास फर्किएका हुन् । अहिले सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रारहरुबीच फुलकोर्टको विषयमा छलफल चलिरहेको सर्वोच्चले जनाएको छ ।

बैठक बिहिबार दिउँसो २ बजे बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर