फुलन्देकी आमाले जानकारी नै नदिई अर्को कार्यक्रम चलाउन लागेपछि निकै तनाबमा जितु,उमेश भन्छन् 'मैले धोका दिएको छैन्' — OSNepal

फुलन्देकी आमाले जानकारी नै नदिई अर्को कार्यक्रम चलाउन लागेपछि निकै तनाबमा जितु,उमेश भन्छन् ‘मैले धोका दिएको छैन्’

LC (KTM) November 14, 2021 0

काठमाडौं । दुई वर्षदेखि हरेक सोमबार प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ को अन्तिम भाग सोमबार प्रसारण भयो । जितु नेपालले नेतृत्व गर्दै आएको यो टिममा करिष्मा मानन्धर, उमेश राई, राजेन्द्र नेपाली आदि कलाकार थिए । तर, यो टिममा रहेका उमेश राई ९फुलन्देकी आमा०ले आफूलाई जानकारी नै नदिई अर्को कार्यक्रम चलाउन गएकोमा दुःख लागेर कार्यक्रम बन्द गर्ने निर्णय गरेको जितुले बताएका थिए । उनले पत्रकार सम्मेलन नै गरेर यो बताउँदा यो कार्यक्रमको जिम्मा लिएको कि एडभरटाइजिङमाथि पनि धोखाघढी गरेको आरोप लगाएका थिए ।

कि एडभरटाइजिङले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन तर उसले सोमबार नै ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने समयमा ‘फुलन्दे स्पेसल’ कमेडी क्लब सञ्चालन गर्ने जनाएको छ । पत्रिकामा विज्ञापन छाप्दै उसले यो कार्यक्रम केही समयका लागि सञ्चालन हुने पनि जानकारी गराएको छ ।

उता उमेश राईले आफूले जितु नेपाललाई धोका नदिएको भन्दै जानकारी गराएर नै अर्को कार्यक्रम चलाउन गएको बताएका छन् । उमेश राई किले सञ्चालन गर्ने डान्स च्याम्पियनसिपको उद्घोषण गर्न गएपछि जितु र एजेन्सी र उमेश राईबीच विवाद बढेको थियो । सौर्य दैनिकमा खबर छ । उमेश राईले आफू कार्यक्रमको शुभचिन्तक भएकाले आफूले नमिल्ने भए कोही राखेर पनि कार्यक्रम चलाउन आग्रह गरेको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर