फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज दिने तयारी — OSNepal

फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज दिने तयारी

LC (KTM) November 25, 2021 0

पेरिस, ९ मंसिर-फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घोषणा गरिएको छ ।

राष्ट्रपति इम्यानुअल म्याँक्रो नेतृत्वको सरकारले बुधबार सामाजिक दूरी कायम गर्न र सबैलाई मास्क लगाउन निर्देशन दिएको थियो । सरकारले फेरि लकडाउन लगाउने तयारीमा भने नगरेको जनाइन्छ ।रेस्टुराँ, क्याफे, सिनेमा हल, म्युजियम, खेल मैदान जस्ता धेरै भिड हुने स्थानमा बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र प्रवेशका लागि अनुमति दिने सरकारको तयारी छ ।

फ्रान्समा बुधबार ३२ हजार कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।पछिल्लो समयमा युरोपेली देशहरुमा कोभिड संक्रमण तीब्र बढिरहेको छ । संक्रमण बढेपछि यसै सातादेखि अस्ट्रियाले तीन साताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर