बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण,दुई जना घाइते — OSNepal

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण,दुई जना घाइते

LC (KTM) January 14, 2022 0

बगदाद [इराक], ३० पुस, – बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।दूतावासले ट्विटरमा भनेको छ, “आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो,” स्पुतनिक न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, इराक सुरक्षा बलहरूले भने कि रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित ग्रीन जोनलाई निशाना बनाइएको थियो जुन कूटनीतिक नियोग प्रशासनिक भवनहरू, र अमेरिकी दूतावास सहित अन्य दूतावासहरू रहेको क्षेत्र हो ।अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृङ्खलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ जसमा इराकको ऐन अल-असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेस नजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन्।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुलीन कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्याको दोस्रो वर्षगाँठ अघि र पछि हाल आक्रमणहरू तीव्र पारिएका छन् ।(रासस-एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर