बदली कहिले हट्छ ? माैसमविद्काे यस्ताे जवाफ — OSNepal

बदली कहिले हट्छ ? माैसमविद्काे यस्ताे जवाफ

LC (KTM) November 20, 2021 0

काठमाडाैं, ४ मंसिर – तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।

अब कहिलेबाट माैसममा सुधार हुन्छ ? न्युज कारखानाले माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरलाई साेधेकाे छ ।

जवाफमा उनले भनिन्, ‘निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।’ हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उनले बताइन् ।

बिहान काठमाडाैं उपत्यकामा हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ । ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर