बन्दका कारण सवारीसाधन नचल्दा यात्रुलाई सास्ती — OSNepal

बन्दका कारण सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

LC (KTM) November 16, 2021 0

मकवानपुर, ३० कात्तिक-मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ ।

बन्दका कारण यात्रुले सास्ती भोग्नु परेको छ । हेटौंडामा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही मयूरी तथा साइकलबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसल पनि बन्द छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्ति लोकपथलगायतका सडकखण्डमा प्रभाव परेको छ ।

मकवानपुरका उद्योग कारखाना, शैक्षिक संस्था बन्दका कारण ठप्प बनेका छन् । विभिन्न सरकारी कार्यालयहरू खुले पनि सेवाग्राही भने उपस्थित देखिएका छैनन् ।

बन्दमा कुनै पनि प्रकारको अप्रिय घटना नभएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बन्दमा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा व्यवस्थामा ध्यान दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर