बन्द सत्रमा ओलीले भने- एमालेका नीति नै राष्ट्रिय नीति हुन् — OSNepal

बन्द सत्रमा ओलीले भने- एमालेका नीति नै राष्ट्रिय नीति हुन्

LC (KTM) November 27, 2021 0

चितवन, ११ मंसिर-एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताएका छन् । ‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ उनले भने ।

प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । ‘हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं’, ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर