बबई नदीमा छाडियो माछाका भुरा — OSNepal

बबई नदीमा छाडियो माछाका भुरा

LC (KTM) November 22, 2021 0

देउखुरी, ६ मङ्सिर -नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडिएको हो ।

माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा वेदबहादुर केसीले बताउनुभयो । रहुु र नैनी जातका ६ हजार माछाका भुरा बबई नदीमा छोडिएको हो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको डा केसी बताउनुहुन्छ ।

नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने भएकाले माछा छोडिएको विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताउनुभयो । नदीमा माछाका भुरा छोड्ने र नदीको पानीलाई स्वच्छ बनाउनतिर ध्यान दिनुपर्ने बताउनुभयो । जथाभावी उत्खनन, उद्योगबाट निस्कने रासायनिक पदार्थ, फोहोरमैला, विद्युतीय करेन्टलगायतबाट पनि खोलालाई जोगाउनुपर्ने उहाँले बताउनुुभयो । खोलामा विषादी हाल्ने र प्रदूषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवमा परेको उहाँको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर