बर्फी फिल्मकी इलियाना डिक्रुजले मालदीवमा पुगेर दिईन् हट पोज , भनिन्– डु नट डिस्टर्ब — OSNepal

बर्फी फिल्मकी इलियाना डिक्रुजले मालदीवमा पुगेर दिईन् हट पोज , भनिन्– डु नट डिस्टर्ब

LC (KTM) December 02, 2021 0

इलियाना डिक्रुज बलिउडकी सबैभन्दा फिट र सबैभन्दा ग्ल्यामर्स अभिनेत्रीमा गनिने गरेकी छिन् । इलियाना आफ्नो सामाजिक सञ्जाल मार्फत फ्यानहरु संग जोडिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनको फोटोहरु छाई रहेका हुन्छन् । इलियानाले अब आफ्नो इन्ष्टाग्राममा बिकिनीमा दुई फोटोहरु शेयर गरेकी छिन् ।

उनी उक्त फोटोमा मालदीवमा भ्याकेसन इन्जोय गरिरहेको प्रष्ट देख्न सकिन्छ । फ्यानहरुका बिचमा उनको २ वटा फोटोहरु अहिले एकदमै भाइरल भइरहेको छ । इलियानाले डु नट डिस्टर्ब लेखेर एक ह्याट हातमा पक्रीएको फोटो एकदमै भाइरल भइरहेको हो । हल्का पेस्टल पर्पल बिकिनीमा इलियाना एकदमै फ्रेश र सेक्सी देखिएकी छिन् ।

बिकिनीको साथमा उनले एउटा ओभरसाइज कोट समेत लगाएकी छिन् । जुन निलो रंगको बोर्डर रहेको छ । इलियानाले २००६ देखी तेलुगु फिल्म बाट अभिनययात्राको सुरुवात गरेकी थिईन् त्यस्तै उनले बलिउडको चर्चित फिल्म बर्फीमा पनि खेलेकी थिइन् । यो उनको बलिउड डेब्यु फिल्म समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर