बर्षातको कारणले धानबालीमा क्षति बेहोरेका कृषकहरुलाई हल्दीबारीले मालपोत करमा छुट दिने : प्रवक्ता सागर पोर्तेल — OSNepal

बर्षातको कारणले धानबालीमा क्षति बेहोरेका कृषकहरुलाई हल्दीबारीले मालपोत करमा छुट दिने : प्रवक्ता सागर पोर्तेल

LC (KTM) November 21, 2021 0

केही समय अघि परेको बेमौसमी अविरल बर्षाको कारणले धानबाली लडेर क्षति बहोरेका कृषकहरुलाई हल्दीबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । आज मंसिर ०५ गते बसेको हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाइ राहत दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

प्रवक्ता पोर्तेलका अनुसार हल्दीबारी गाउँपालिकामा बेमौसमी बर्षाको कारणले पूर्ण रुपमा ९३७ विगाहा, आँशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा जमिनमा लगाइएको धानबालीमा क्षति भएको थियो । आज बसेको गाउँ कार्यपालिकाको बैठकले पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आ.व. मा तिर्नुपर्ने मालपोतमा १०० प्रतिशत छुट दिने त्यस्तै आँशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको प्रवक्ता पोर्तेलले बताए ।
त्यस्तै गरि अधिया र ठेक्का खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमीनमा आवश्यक धानको बिउ गाउँपालिकाबाट निशुल्क उपलब्ध गराउने निर्णय भएको समेत प्रवक्ता पोर्तेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर