बलिउडका दुई बहुप्रतिक्षित फिल्महरु बक्स अफिसमा भिड्दै , आमिर खानको फिल्म लाल सिंह चड्डालाई असर गर्ला त केजीएफ २ ले ? — OSNepal

बलिउडका दुई बहुप्रतिक्षित फिल्महरु बक्स अफिसमा भिड्दै , आमिर खानको फिल्म लाल सिंह चड्डालाई असर गर्ला त केजीएफ २ ले ?

LC (KTM) November 20, 2021 0

बलिउडमा दुई बहुप्रतिक्षित फिल्महरुले आपसमा भिड्ने भएका छन् । दर्शकले प्रतिक्षा गरिरहेको आमिर खान स्टारर फिल्म लाल सिंह चड्डा र केजिएफ २ भिड्ने भएका हुन् । आमिर खान र करिना कपूर रहेको फिल्म लाल सिंह चड्ढाको रिलिज डेट सार्वजनिक भए संगै यी दुबै फिल्म एक आपसमा जुध्न लागेका हुन् ।

आमिर खान प्रोडक्सनले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट १४ अप्रिल २०२२ मा तोकेको छ । लाल सिंह चड्डा यसअघि ११ फेब्रुअरीमा रिलिज हुने बताइए पनि रिलिज डेट सारेर अप्रिलमा पुर्याइएको हो । यी दुबै फिल्म ठुलो बजेटको फिल्म रहेको र बक्स अफिसमा आपसमा भिड्ने भएका हुन् । एकातर्फ लाल सिंह चड्ढामा बलिउडका सुपरस्टार एक्टर आमिर खान र करिना कपूर देखिँदै छन् भने केजिएफमा यस देखिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर