बलिउडकी उर्फीको संघर्षको दिन , अडिशनको लागि रेष्टुरेण्टको वासरुममा र साथीको डेरा ड्रेस चेन्ज गर्थिन् , एक दिन भयो यस्तो बबाल — OSNepal

बलिउडकी उर्फीको संघर्षको दिन , अडिशनको लागि रेष्टुरेण्टको वासरुममा र साथीको डेरा ड्रेस चेन्ज गर्थिन् , एक दिन भयो यस्तो बबाल

LC (KTM) September 21, 2021 0

आज पनि बलिउडको कतिपय प्रोजेक्टको खोजीमा संघर्ष गरिरहेका युवतीहरुलाई अडिशनको लागि तयार हुन अनेक प्रकारको जुगाड गर्नुपर्ने बाध्यता रहेको छ । कहिले पसिनाले मेकअप खराब नहोस् भनेर एटीएम रुममा जाने र त केही युवतीहरु महलमा गएर ड्रेस परिवर्तन गर्ने गरेका छन् ।

यतिबेला इन्टरनेटमा एकदमै चर्चित रहेकी उर्फी जाबेदले पनि आफु संग जोडिएको एक संघर्षको किस्सा शेयर गरेकी छिन् । उर्फीले यो बताएकी छिन् कि उनी पहिला संघर्ष गरिरहेको बेला साथीको घरमा ड्रेस परिवर्तन गर्न एकदमै महंगो साबित भएको र साथीलाई घर मालिकले धम्कि समेत दिएको बताएकी छिन् ।

उनले आफुले अडिशन दिएको बेलाको याद गर्दै बताएकी छिन् कि – जब मलाई कपडा चेन्ज गरेर अर्काे अडिसनमा जानु पथ्र्याे त्यति बेला आसपासको रेष्टुरेण्टको वाशरुममा जाने गर्थिन् । एक पटक त यस्तो भएको थियो कि सलवार कमीज लगाएर अडिशन दिएर आएको थिए । त्यसैबेला अर्काे अडिशनमा जान एकदमै छोटो लुगा लगाएर जानु पर्ने थियो ।

म वाशरुम सुट लगाएर गएको थियो जब छोटो ड्रेस लगाएर बाहिर निस्कन्थे त्यतिबेला सबै मलाई हेरिरहन्थे । एक पटक त उनी साथीको डेरामा ड्रेस चेन्ज गर्न गएकी थिईन् । त्यतिबेला एकदमै बबाल मच्चिएको थियो । उनी एकदमै साधारण भएर साथीको रुममा गएकी थिईन् जब एकदमै आधुनिक ड्रेस लगाएर निस्किइन् त्यतिबेला छिमेकीले देखेका थिए ।

पछि छिमेकीले घर मालिकलाई सुनाई दिए पछि उनको साथीलाई घर मालिकले धम्कि दिएका थिए । त्यसपछि उनको साथीले उर्फी लाई आफ्नो डेरा नआउन भनेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर