बलिउडमा आयो फेरी अर्काे दुःखद खबर , फिल्म जर्सी रिलिज हुने बेलामा अभिनेत्री मृणाल ठाकुरलाई भयो यस्तो — OSNepal

बलिउडमा आयो फेरी अर्काे दुःखद खबर , फिल्म जर्सी रिलिज हुने बेलामा अभिनेत्री मृणाल ठाकुरलाई भयो यस्तो

LC (KTM) January 01, 2022 0

बलिउडबाट अर्को नराम्रो खबर आएको छ । बलिउडका सेलिब्रेटीहरुलाई कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । फिल्म जर्सीकी अभिनेत्री मृणाल ठाकुरलाई कोरोना संक्रमण भएको छ । मृणालले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् । मृणालले आफूमा कोरोनाको हल्का लक्षण देखिएको बताइन् ।

अभिनेत्रीले पोस्टमा लेखेकी छिन्–मलाई कोभिड १९ पोजिटिभ भेटिएको छ । अहिले मलाई कोरोनाका हल्का लक्षणहरू छन्। तर मलाई राम्रो महसुस भइरहेको छ। यदि तपाईंहरू मध्ये कोही मेरो सम्पर्कमा हुनुहुन्छ भने, कृपया आफ्नो कोरोना परीक्षण गराउनुहोस्। सबैजना सुरक्षित रहनुहोस्। मृणाल ठाकुर पछिल्लो समय आफ्नो आगामी फिल्म जर्सीको प्रमोशनमा व्यस्त थिइन् ।

यद्यपी अभिनेत्रीको फिल्म अहिले स्थगित भएको छ । कोरोनाको बढ्दो केसका कारण जर्सी स्थगित गरिएको हो । फिल्म कहिले रिलिज हुने भन्ने बारे भने केही खुलाइएको छैन । जर्सीमा मृणालले शाहिद कपूरकी पत्नीको भूमिका निभाएकी छिन् । यो फिल्म स्पोर्ट्स ड्रामा हो जसमा शाहिद कपुर क्रिकेटर बनेका छन् ।

अर्कोतर्फ, कोरोनाको कुरा गर्ने हो भने बलिउडमा कोरोना तिब्र गतिमा फैलिरहेको छ । धेरै सेलिब्रेटीलाई कोरोना लागेको छ । करीना कपुर खानपछि अमृता अरोरा, अर्जुन कपुर, रिया कपुर, अंशुला कपुरलाई कोरोना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर