बलिउडमा एक पछि अर्काे दुःखद खबर , ऋतिक रोशनकी पुर्व पत्नी सुजैनलाई ओमिक्रोन भेरियन्टको कोरोना पोजेटिभ देखियो — OSNepal

बलिउडमा एक पछि अर्काे दुःखद खबर , ऋतिक रोशनकी पुर्व पत्नी सुजैनलाई ओमिक्रोन भेरियन्टको कोरोना पोजेटिभ देखियो

LC (KTM) January 11, 2022 0

कोरोना भाइरसले विश्वभर कहर मचाएको छ । कोरोनाको यस त्रासको बीचमा ओमिक्रोन भेरियन्टको प्रकोप पनि बढ्दै गएको छ । यी दिनहरूमा बलिउड बजारका धेरै सेलिब्रेटीहरू कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म जति पनि सेलिब्रेटीहरु लाई संक्रमण भएको छ त्यो ओमिक्रोन भेरियन्ट रहेको छैन ।

तर अब यस्तो देखिन्छ कि ओमिक्रोन संस्करणले बलिउडमा पनि चुनौती थपि दिएको छ । यसैक्रममा बलिउडका चर्चित नायक ऋतिक रोशनकी पुर्व पत्नी सुजैन खानलाई ओमिक्रोन संक्रमण भएको छ । उनले पोस्ट सेयर गरेर यसबारे जानकारी दिएकि छिन् ।सुजैनले एक इन्स्टाग्राम पोस्ट सेयर गर्दै लेखेकी छिन्, – कोविड १९ लाई चकित पारेको दुई वर्षपछि तेस्रो वर्ष २०२२ मा, यो जिद्दी ओमिक्रोन भेरियन्टले अन्ततः मेरो प्रतिरक्षा प्रणालीमा आक्रमण गर्योद। हिजो राति मेरो टेस्ट पोजेटिभ आयो।

कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस्। यो धेरै संक्रामक छ। सुजैनको यो पोस्टमा उनका साथी र फ्यानले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।नीलम कोठारी, फराह खान अली, बिपाशा बसु, जर्जिया एन्ड्रियानी, सञ्जय कपूरलगायत अन्य सेलिब्रेटी र फ्यानहरूले टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर