बलिउडमा बिबादकी रानीको उपमा पाएकी कंगनाको अभिनेता नवाजुद्दीन सिद्दीकीले गरे हदै सम्मको तारिफ — OSNepal

बलिउडमा बिबादकी रानीको उपमा पाएकी कंगनाको अभिनेता नवाजुद्दीन सिद्दीकीले गरे हदै सम्मको तारिफ

LC (KTM) December 31, 2021 0

बलिउडमा सबैभन्दा खरो स्वभाव भएकी अभिनेत्रीको रुपमा चिनिने गरेकी छिन् कंगना रनावत । उनी हरेक ठाउँमा आफ्ना कुरा स्पष्ट राख्ने अभिनेत्रीमा पर्छिन् । त्यसैले उनी बारम्बार बिबादमा आउने गरेकी छिन् । उनलाई बलिउडकै धेरै जसो कलाकारले मन पराउँदैनन् । तर बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले उनको खुलेरै प्रशंशा गरेका छन् ।

उनले कंगनालाई अत्यन्त राम्रो र सफल निर्माता भनेर प्रशंसा गरेका हुन् । नवाजुद्धिनको यो अभिब्यक्ति पछि बलिउडमा यसले निकै माहोल गर्माएको छ । पत्रकार सम्मेलनका क्रममा सिद्दीकीले कंगनाको काम गर्ने शैली र तरिका अत्यन्तै राम्रो लागेको बताएका थिए । त्यतिमात्र सिद्धिकी रोकिएनन् उनले फिल्मलाई दिएको नयाँ पनको समेत प्रशंसा गरे ।

सिद्दीकीले यसअघि टिकु वेड्स शेरु नामको फिल्ममा कंगनाको प्रोडक्सन हाउससँग काम गरेका थिए । उनले मणिकर्णिकामा पनि कंगनाको ब्यानरमै काम गरेका थिए । उनकै ब्यानरमा फिल्म खेल्दै आएका नवाजुद्धिनले जहिल्यै पनि कंगनाको खुलेरै तारिफ गर्दै आएका छन् । यस कुरालाई लिएर फेरी बलिउडमा अर्काे चर्चा सुरु भईसकेको छ ।

किनकी कंगनालाई जहिल्यै पनि बिबादकी रानीको रुपमा बलिउडमा चिनिने गरिएको छ । यसरी खुलेर तारिफ गर्नुको पछाडी उनको प्रोडक्सनमा काम गरेकाले हो भन्ने दर्शकको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर