बलिउडमा यसकारण गरियो अमिताभका छोरा अभिषेक बच्चनको औधी चर्चा — OSNepal

बलिउडमा यसकारण गरियो अमिताभका छोरा अभिषेक बच्चनको औधी चर्चा

LC (KTM) November 14, 2021 0

बलिउडमा सबैभन्दा अग्लो को छ ? यस बिषयमा धेरै जसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बलिउडका केही स्टारहरुको नाम लिदै होडबाजीमा उत्रने गरेका छन् । कोही , पुरुष कलाकारमा अमिताभ बच्चन सबैभन्दा अग्लो भन्छन् भने महिला कलाकारमा दीपिका पादुकोण अग्ली भनेर दाबी गर्ने गर्छन् । त्यसो त स्टारहरुले कहिल्यै पनि आफ्नो हाइट कति हो भनेर खुलाउने गरेका छैनन् ।

तर अभिषेक बच्चनले भने आफ्नो हाइटको राज नखोली भएन । एक ट्वीटर युजरले एक रेष्टुरेण्टमा हाइटको हिसाब लगाइएका बलिउड स्टार्सको पोस्टर्स ट्वीट गरेका थिए । यस पोष्टरमा अमिताभ बच्चनको हाइट ६ फुट भन्दा माथिको क्याटागोरीमा राखिएको थियो ।

यसपछि दीपिका पादुकोण , ऐश्वर्या राय, आमिर खान तथा माधुरी दीक्षितको नाम थियो । यसमा ति युजरले भनेका छन् – मैले त्यहाँको मालिकलाई बताएकी अभिषेक बच्चन ६.१ फुट अग्लो छन् । त्यसपछि उनले मलाई भनेकी अर्काे पटक यो परिर्वतन भयो भने अभिषेकको सबैभन्दा माथि नाम हुनेछ ।

जब ट्वीटमा ति युजरले अभिषेकको हाइट ६.१ बताएका थिए त्यसमा अभिषेक आफैले आफ्नो हाइट कति छ भनेर जवाफ फर्काएका छन् । उनले प्रतिक्रिया दिदै भनेका छन्– तर मेरो वास्तविक हाइट ६.३ फुट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर