बलिउड अभिनेता अजय देवगन मन्दिरमा यस्तो पहिरन लगाएर देखिए , आखिर कस्का लागि बसेछन् यति कडा ब्रत ? — OSNepal

बलिउड अभिनेता अजय देवगन मन्दिरमा यस्तो पहिरन लगाएर देखिए , आखिर कस्का लागि बसेछन् यति कडा ब्रत ?

LC (KTM) January 13, 2022 0

अजय देवगन आजकाल भक्तिमा डुबेका छन् । अजय केही दिनअघि केरलाको सबरीमाला मन्दिरमा दर्शन गर्न पुगेका थिए । उनका धेरै तस्विर र भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अजय देवगनले आफ्नो नयाँ फिल्मको सुटिङको क्रममा मन्दिरको दर्शन गरेको बताइएको छ । मन्दिरमा दर्शनका धेरै तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।

जसमा अजय देवगन कालो पहिरनमा देख्न सकिन्छ । उनले टाउकोमा केही उठाएको देख्न सकिन्छ । उनले अनुहारमा कालो मास्क लगाएका छन् । अर्को फोटोमा अजय देवगन मन्दिरका पुजारीसँग देख्न सकिन्छ । पुजारीले अजयको हातमा धागो बाँधिरहेका छन्। अजय देवगनले पनि माला र रातो सल लगाएका छन् ।अजय देवगनले पनि यो यात्राको भिडियो सेयर गरेका छन् ।

भिडियोमा अजय स्टाइलिस स्टाइलमा हिँडिरहेको देखिन्छ । भिडियो सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्,–स्वामी सरनाम अयप्पा। रिपोर्टका अनुसार अजय देवगनले सबरीमाला मन्दिर दर्शन गर्न आउनुअघि एक महिनासम्म नियमको पालना गरेका थिए ।यी नियम अनुसार अजय देवगनले एक महिना शाकाहारी खाना खाए र भुइँमा सुते ।

प्रोजेक्टको कुरा गर्ने हो भने, अजय देवगन अहिले निर्देशक लोकेश कनागराजको फिल्म कैथीको हिन्दी रिमेकमा काम गरिरहेका छन् । यो प्रसिद्ध तमिल फिल्म २०१९ मा आएको थियो। अजयको हिन्दी रिमेकको नाम ‘भोला’ राखिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर