बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पहिलो प्रेम आफ्नै शिक्षिका भएको खुलासा, पहिलो डेट साइकलमा गएका थिए — OSNepal

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पहिलो प्रेम आफ्नै शिक्षिका भएको खुलासा, पहिलो डेट साइकलमा गएका थिए

LC (KTM) January 13, 2022 0

सुशान्त सिंह राजपुतलाई आज पनि धेरैले याद गरिरहन्छन् । सबैको मनमा राज गर्न सफल सुशान्तले आफ्नो प्रेम सम्बन्धको बारेमा मिडियामा कुनै बयान दिएनन्, उनी प्रायः यस विषयमा मौन बस्ने गरेका थिए । करियरमा पनि उनको नाम धेरै अभिनेत्रीसँग जोडिएको थियो । जसमध्ये कृति सेनन, अंकिता लोखंडे, सारा अली खान र रिया चक्रवर्ती जस्ता धेरै अभिनेत्री छन् ।

तर, यी सबैको बावजुद सुशान्तको साँचो प्रेम यी मध्ये कुनै थिएन भन्ने थाहा पाउँदा तपाईलाई छक्क पर्नुहुनेछ । वास्तवमा २०१९ मा सुशान्त एक कार्यक्रममा वक्ताको रुपमा आएका थिए । यस कार्यक्रममा उनले आफ्नो साँचो प्रेमको बारेमा खुलासा गरेका थिए। उनले कक्षा ४ मा भर्खरै आफ्नो जीवनको साँचो माया पाएको बताए । सुशान्तका अनुसार उनको पहिलो प्रेम उनको कक्षाकी शिक्षक रहेकि थिईन् ।

यस पूरै कुराकानीमा सुशान्त एकदमै ठट्टा गर्ने मुडमा देखिएका थिए । परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने भएकाले आफूले माया व्यक्त गर्न नसकेको उनले बताए । तर, ५ वर्षपछि अर्थात् ९ कक्षामा पुगेपछि उनलाई जीवनको पहिलो प्रेम प्रस्ताव आएको थियो । यस क्रममा सुशान्तले यो पनि बताए कि उनले आफ्नो जीवनमा कसैलाई पनि आफूलाई माया गरेको कुरा भनेनन् । आफ्नो पर्सनल लाइफको बारेमा कुरा गर्दै सुशान्तले आफ्नो पहिलो डेटको बारेमा पनि बताएका थिए ।

उनले भने, – त्यतिबेला म इन्जिनियरिङ पढाउने गर्थे । मैले पढाउनको लागि पाएको शुल्कबाट साइकल किनें। यसपछि उनी पहिलो डेटमा पराठा खान मुर्थल गएका थिए । गत वर्ष १४ जुन २०२० मा सुशान्तले आफ्नो मुम्बईको घरमा अन्तिम सास फेरेका थिए । सुशान्तको केसले देशभर हलचल मच्चाएको थियो । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म अनुसन्धान एजेन्सीले यस विषयमा खुलासा गर्न सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर