बलिउड अभिनेत्री नोरा फतेहीको अर्को हर्कत बाहिरीयो, फ्यान भए चकित — OSNepal

बलिउड अभिनेत्री नोरा फतेहीको अर्को हर्कत बाहिरीयो, फ्यान भए चकित

LC (KTM) October 18, 2021 0

अभिनेत्री तथा डान्सर नोरा फतेहीको कुन चाँहि यस्तो गीत छैन जो भाइरल भएको छैन होला । दिलबरको रिमिक्स भर्जन होस् या नाच मेरी रानी नै किन नहोस् । यी गीतहरुले पुरै तहल्का नै मच्चाएका छन् । उनका सबै गीतहरु युवापुस्ता माझ एकदमै लोकप्रिय रहेका छन् । पछिल्लो समय फिल्म स्ट्रीट डान्सर थ्रीडीमा आएको गीत हाय गर्मीले कैयौ ब्यक्तिहरुलाई आफ्नो औलामा नचाएको छ ।

यस गीतको धेरै भाइरल भिडियोहरु देख्न पाईरहेको छ । यो गीतले धेरैको मन मष्तिष्कमा नराम्रो संग डान्सको ज्वरो नै ल्याईदिएको छ । नोरा फतेहीले आफ्नो इन्ष्टाग्राम स्टोरीमा अगरतलामा भएको एक मजेदार भिडियो शेयर गरेकी छिन् । उनले शेयर गरेको यस भिडियोको प्रमुख रमाईलो कुरा के हो भने एक हैन दुई हैन एकदमै धेरै ठुलो भिडले रोडमा यो गीतमा डान्स गर्न सुरु गरेका छन् ।

गीत सुरु हुन्छ र जब यो गीतको लिरिक्स हाय गर्मी आउँछ तब सबै मानिसहरु जमीनमा लडेर नोरा फतेहीको जस्तै गरी नाच्न सुरु गर्छन् । सबैजनाले एकै साथ स्ट्रीटमा यसरी नाचि रहदा कसैलाई पनि हाँसो उठेको देखिदैन । यो भिडियोमा नोराले हाँस्नेवाला इमोजीका साथमा लोल लेखेकी छिन् । नोराले शेयर गरेको यो भिडियो इन्ष्टाग्राम तथा युटुबमा भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर