बलिउड नायक टाइगरको फ्लाइंग किकले गर्ल फ्रेण्ड दिशा पाटनीको मुटु नै हल्लियो , दिईन् यस्तो प्रतिक्रिया — OSNepal

बलिउड नायक टाइगरको फ्लाइंग किकले गर्ल फ्रेण्ड दिशा पाटनीको मुटु नै हल्लियो , दिईन् यस्तो प्रतिक्रिया

LC (KTM) October 18, 2021 0

बलिउड एक्टर टाइगर श्राफ आफ्नो फिटनेसले सबैलाई मोहित गर्ने गर्छन् । सामाजिक सञ्जालमा खास गरी सधै सक्रिय रहने टाइगर आफ्नो फिटनेस फ्रीक नेचरका कारण धेरै जनालाई आफ्नो पछि लाउन सक्षम रहेका छन् । उनी धेरै जसो आफ्नो स्टन्ट गर्दै गरेको भिडियो शेयर गरिरहेका हुछन् । जसलाई उनका फ्यानहरुले एकदमै धेरै मन पराउने गरेका छन् । हालै यिनै फिटनेस तथा एक्सनका राजा टाइगरले आफ्नो फ्लाइंग किक स्टन्ट गरेको भिडियो शेयर गरेका छन् ।

उनी यो भिडियोमा एकदमै परफेक्सनका साथ स्टन्ट गरिरहेको देख्न सकिन्छ । उनको यो भिडियोलाई कैयौ सेलिब्रेटीहरुले समेत मन पराएका छन् । यहि भिडियोलाई लिएर टाइगरकी गर्लफ्रेण्ड तथा हटकेक नायिका दिशा पाटनीले समेत रिएक्ट गरेकी छिन् । टाइगरले यस भिडियोमा रातो टिशर्टमा एकदमै समर्पित भएर स्टन्ट गरिरहेको देख्न सकिन्छ ।

उनको यो स्टन्टलाई लिएर उनका फ्यानहरु एकदमै खुशी भएका छन् । उनको यो भिडियोमा गर्लफ्रेण्ड दिशा पाटनीले पनि फायर इमोजीको साथमा लाइक समेत गरेकी छिन् । टाइगरले यो भिडियो शेयर गर्दै क्याप्सनमा लेखेका छन्– जुन चिज जान्छ त्यो फिर्ता पनि आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर