बलिउड फिल्म खेल्दै महानायक राजेश हमाल — OSNepal

बलिउड फिल्म खेल्दै महानायक राजेश हमाल

LC (KTM) December 29, 2021 0

काठमाडौँ । महानायक राजेश हमाल पछिल्ला दिनमा म्यूजिक भिडियोमा व्यस्त छन् । कोरोना महामारीपछि म्यूजिक भिडियोमा वइस्त बनेका हमाललाई लिएर बलिउडमा फिल्म बनाउने तयारी गरिएको छ ।

हमाललाई लिएर भारतीय निर्माता राजेश चौधरीले फिल्म बनाउन लागेका हुन् । फिल्मभन्दा अगाडि हमाललाई लिएर एउटा हिन्दी गीतमा काम गर्ने तयारी गरेको निर्माता चौधरीले बताएका छन् ।

हाल महानायक हमाल भारतमा रहेका छन् । हमाल भारतमा रहेका बेला भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले ‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुने उनले बताए । ‘चेहेरा’ बोलको हिन्दी गीतको भिडियो म्यूजिक रिलिज कार्यक्रममा मुम्बई पुगेका हमालले पत्रकार सम्मेलनमा मुम्बई शहरले मलाई बेग्लै उर्जा दिएको उल्लेख गरेका छन् ।

सो अवसरमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै महानायक हमालले सबै कलाकारको बाप त अमिताभ बच्चन हुनुहुन्छ तर मलाई सबै कलाकार मन पर्नुहुन्छ भन्ने प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर