बलिउड सुपरहिरोको ऋतिक रोशनको संघर्ष र फिल्मी यात्राको यस्तो छ भित्री कथा — OSNepal

बलिउड सुपरहिरोको ऋतिक रोशनको संघर्ष र फिल्मी यात्राको यस्तो छ भित्री कथा

LC (KTM) November 17, 2021 0

काठमाडौं । ​बलिउडका पहिलो सुपरहिरो क्रिस अर्थात ऋतिक रोशन हुन् । पछिल्लो समय बडी र नृत्यका कारण चर्चा आउने ऋतिक ४७ वर्षको हुँदा पनि उत्तिकै फिट र स्टाइलिस् छन् । यसै कारण उनको फ्यान बढ्दो छन् ।

पछिल्लो समय उनलाई वारमा देखिएको थियो । त्यसयता उनी फिल्ममा देखिएका छैनन् । त्यसो त उनको फिल्मको कामलाई कोरोना भाइरसको महामारीले पनि प्रभाव पार्‍यो । बलिउडका पहिलो सुपरहिरोले आफ्नो सोही अवतार दर्शकसमक्ष प्रस्तुत गर्ने तयारी थालेका थिए । तर , यसलाई कोरोना भाइरसले सफल हुन् दिएन । यद्दपी उनी पछिल्लो समय क्रिसको नयाँ सिरिजको तयारीमा जुटेका छन् । उनी या पिता राकेश रोशनले फिल्मको निर्देशन गर्नेछन् । यी नै सुपरहिरोले आफूलाई बलिउडमा स्थापित गर्न गरेको मेहनतको चर्चा आज हामी गर्दैछौँ ।

निर्देशकको घरमा जन्मिए पनि उनले बलिउडमा आफूलाई स्थापित गर्न संघर्ष गरे । उनले बालकलाकारको रुपमा आफ्नो अभिनय यात्रालाई प्रारम्भ गरे । उनले सन् १९८० देखि बालकलाकारको रुपमा १९८६ सम्म काम गरे । त्यसपछि उनले १९८७ देखि ९७ सम्म क्रमशस् खुदगर्ज, किंग अंकल, करण अर्जुन र कोइलामा एसिस्टेन्ट निर्देशकको रुपमा काम गरे ।

त्यसपछि उनले पिता राकेशकै फिल्म ‘कहो ना प्यार हे।।’ मार्फत बलिउडमा अभिनेताको रुपमा सन् २००० मा डेब्यु गरे । त्यही वर्ष उनको अन्य फिल्महरू फिजा र मिसन कश्मिर पनि रिलिज भयो । कहो ना प्यार हे मार्फत सोलो हिरो बनेका ऋतिकलाई त्यसपछि फ्यामिली ड्रामा कभी खुसी कभी गमले सफलता दिलायो ।

यद्दपी उनको सुपरहिट फिल्म भने सन् २००३ मा रिलिज भएको ‘कोइ मिल गया’ आयो । त्यसपछि उनले सन् २००६ मा त्यसको निरन्तरता क्रिस गरे । जुन फिल्म इण्डियाकै पहिलो सुपरहिरो फिल्म थियो भने ऋतिकलाई स्थापित बनायो । त्यसपछि उनको क्रेज एकपछि अर्को फिल्मले बढायो । उनले आफूलाई अभिनेता बनाउनु अगाडी निर्देशकको रुपमा समेत प्रस्तुत गरे । यसैले गर्दा पनि उनले बलिउडमा पछिल्लो समय सफलता पाइरहेका छन् । त्यसो त ऋतिकको पहिलो फिल्मकी हिरोइन थिइन् करिना कपूर । तर , उनले फिल्मबाट आफूलाई अल्लग बनाइन् । त्यसपछि फिल्ममा अमिषा पटेलको इन्ट्री भयो ।

यस्तै , ऋतिकले डेब्यू वर्ष सन् २००० मै पाएको फिल्म ‘मिशन कश्मिर’ मा एक्ट्रेस प्रिती जिन्टा भन्दा चार लाख कम पारिश्रमिक पाएका थिए । विधु विनोद चोपडा निर्देशित फिल्ममा ऋतिकले ब्रेक पाउनु नै ठूलो कुरा थियो । त्यसैले उनको रोल नहेरी स्टारडमका आधारमा प्रितीले बढी रकम पाएकी थिइन् । ऋतिकलाई अगाडि बढाउने केही फिल्महरु छन् , जसले उनलाई स्टारसँगै स्थापित बनायो ।

बलिउडमा एक्टरको रुपमा पाइला टेकेको फिल्म ‘कहो ना प्यार है ।।’ ले ऋतिकलाई स्थापित बनायो । यो फिल्म भन्दा अगाडि उनले झन्डै १३ वर्ष एसिस्टेन्ट निर्देशकको रुपमा फिल्महरूमा काम गरे । सन् १९८७ बाट निर्देशकलाई सघाउने कार्य थालेका उनले १९९८मा आएर हिरो बन्ने अवसर पाए । उनले होम प्रोडक्सनको यो फिल्ममा काम गरेपछि फिजा र मिशन कश्मिरमा कम गर्ने मौका पाएका थिए ।

ऋतिकले बलिउडमा डेब्यू गरेको एक वर्षपछी सन् २००१ मा उनको ‘कभी खुसी कभी गम’ रिलिज भयो । करण जोहर निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, काजोलसँग ऋतिकले स्क्रीन शेयर गर्ने मौका पाएका थिए । उक्त समयको भव्य फिल्म थियो । फिल्मले ऋतिकलाई पनि फाइदा दियो ।फ्यान फ्लोर्स बढायो भने उनको कामको पनि चर्चा भयो । यस फिल्ममा ऋतिकको जोडी करीना कपुर बनेकी थिइन् ।

झन्डै दुई वर्ष असफलताको सामना गरेका ऋतिकले सन् २००३ मा रिलिज भएको फिल्म ‘कोइ मिल गया’ ले सफल बनायो । प्रिती जिन्टासँगको फिल्ममा ऋतिकले राम्रो काम गरेका थिए । उनले दिमाग कम्जोर भएको भूमिका निर्वाह गरेका थिए । जसलाई अत्यधिक रुचाइयो । उनकै पिता राकेश रोशन निर्देशित फिल्ममा ऋतिकले शक्ति पाएर आफ्नो क्षमता बढाउने भूमिकालाई रुचाइयो । साथै, ऋतिकले डेब्यू फिल्मपछी आफ्नै दममा सोलो हिट दिएको फिल्म पनि बन्यो ।

कोइ मिल गया फिल्ममा काम गरेपछि ऋतिक सेलेक्टेड भए । उनले क्रिस अगाडि मात्र लक्ष्य नामक एक फिल्ममा काम गरे । किनकी उनि इण्डियाकै पहिलो सुपरहिरो बन्दै थिए । अन्तत सन् २००६ मा राकेश रोशनकै निर्देशनमा तयार भएको फिल्म ‘क्रिस’ ले ऋतिकलाई बलिउडमा स्थापित गर्यो । डान्स र अभिनयको कारण युवामा क्रेज बनाएका ऋतिकले सुपरहिरोको कारण बालबालिकामा पनि उत्तिकै क्रेज बनाए । फिल्ममा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए । यसै फिल्ममार्फत बलिउड प्रेमी माँझ उनले क्रिस उपनाम पनि पाए ।

ऋतिकको करियरको लागि सन् २००६ निकै फलदायी सावित भयो । उनको दुई फिल्म क्रिस र धूम(२ रिलिज भयो । एकमा उनी सुपर हिरो बनेका थिए भने अर्कोमा सुपर चोर । सकारात्मक र नकारात्मक दुवै भूमिकामा उनी दर्शकको प्रिय बने । धूमको दोस्रो फ्रेनचाइजीमा देखिएका ऋतिकले छोडेको छापको अझै चर्चा हुन्छ । फिल्ममा ऋतिकसँगै अभिषेक बच्चन, ऐश्वर्या राय, उदय चोपडालगायतको अभिनय रहेको थियो भने यसलाई संजय गाध्वीले निर्देशन गरेका थिए ।

सन् २०११ मा रिलिज भएको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा ऋतिकको छुटै अन्दाज देखियो । जोया अख्तर निर्देशित फिल्मलाई अत्यधिक रुचाइयो । फरहान अख्तर, अभय देओल, कट्रिना कैफलगायतको अभिनय रहेको फिल्ममा ऋतिकले आफ्नो छाप छोड्न सफल भए । आफ्नो ब्याचलर लाइफको अन्तिमसमयमा आयोजना हुने टुरको कथा देखाइएको फिल्मले युवा पुस्तालाई बढी आकर्षित गर्‍यो ।

सन् २०१३ मा ऋतिक अभिनित सुपरहिरो फिल्म क्रिसको नयाँ सिरिज आयो । फिल्ममा ऋतिकसँगै प्रियंका चोपडा र कंगना रनौतको पनि अभिनय रहेको थियो । राकेश रोशन निर्देशित फिल्मलाई लिएर दर्शकमाँझ एक किसिमको क्रेज थियो नै । यसैले पनि ऋतिक फिल्ममार्फत सफल भए । उनको सुपरहिरो रुपलाई दर्शकले रुचाए । यो समयसम्म आइपुग्दा ऋतिक बलिउडका महंगा अभिनेतामध्येका एक बनिसकेका थिए ।

त्यसपछि ऋतिक अभिनित फिल्म ब्याङ ब्याङ रिलिज भयो । जसलाई दर्शकले रुचाए । सिद्धार्थ आनन्दको निर्देशनमा तयार फिल्म हलिउड अभिनेता टम क्रुजको डे एण्ड नाइटको रिमेक थियो । कट्रिना कैफसँगको ऋतिकको जोडीलाई दर्शकले रुचाए । त्यसपछि ऋतिकले मोहेन जोदारोमा काम गरे । यो भने बक्स अफिसमा हिट हुन् सकेन । यद्दपी त्यसपछि रिलिज भएको उनको फिल्म काबिललाई दर्शकले रुचाए । उनले फिल्ममा आँखाको ज्योति गुमाएको प्रेमीको भूमिका निर्वाह गरेका थिए ।

काबिलपछी दुई वर्षको अन्तरालमा उनको फिल्म सन् २०१९ मा सुपर ३० रिलिज भयो । जसलाई दर्शकले रुचाए । उनी फिल्ममा एक गणित शिक्षकको भूमिकामा थिए । फिल्मकै लागि उनले अवार्ड पनि जिते । त्यही वर्ष उनको फिल्म वार पनि रिलिज भयो । उनकै पथमा बलिउडमा रहेका टाइगर श्राफसँग स्क्रीन सेयर गरेकै कारण फिल्मले हाइप पायो ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मलाई दर्शकले रुचाए र बलिउडको बक्स अफिसमा पनि हिट भयो । उनले नयाँ फिल्म ‘फाइटर’ मा काम गर्दैछन् । फिल्ममा ऋतिकसँग दीपिका पादुकोण देखिने छन् भने यसलाई सिद्धार्थ आनन्दले नै निर्देशन गर्नेछन् । पछिल्लो समय ऋतिकले विश्वास गर्ने निर्देशकमा सिद्धार्थ पनि पर्ने गरेका छन् । यसका साथै उनले वारको सिक्वेलमा काम गर्ने चर्चा पनि चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर