बसन्त शाही यू–१९ राष्ट्रिय क्रिकेट टिमकोे मुख्य प्रशिक्षकमा नियुक्त — OSNepal

बसन्त शाही यू–१९ राष्ट्रिय क्रिकेट टिमकोे मुख्य प्रशिक्षकमा नियुक्त

LC (KTM) December 07, 2021 0

नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षक पाएको छ । वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । युनाईटेड अरब इमिरेट्समा युएईमा हुने एसीसी यू–१९ एसिया कपको बन्द प्रशिक्षण सुरु हुनुभन्दा एक दिन अगाडी ठकुरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

नेपाली टोलीले भोली बाट नै बन्द प्रशिक्षण सुरु गर्दैछ । ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आईतबार सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले अब केही सुधार गर्नेछन् भन्ने सबैले आशा ग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर