बहिनी रिया कपुरको बिबाहमा भक्कानो छाडेर रोइन सोनम कपुर — OSNepal

बहिनी रिया कपुरको बिबाहमा भक्कानो छाडेर रोइन सोनम कपुर

LC (KTM) August 19, 2021 0

अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनम कपुरकी बहिनी रिया कपुर १४ अगष्टमा करण बुलानी संग बैबाहिक बन्धनमा बाँधिएकी छिन् । रिया तथा करणको बिबाह परिवारजन र साथीहरुको उपस्थितीमा सम्पन्न भएको हो । अहिले आएर सोनम कपुरले रियाको बिबाहको तस्बीरहरु सार्वजनिक गरेकी छिन् ।

यसमा सोनम कपुरलाई एकदमै गर्जियस ट्रेडिश्नल लुकमा देखिएको छ । सोनम कपुरले फोटो शेयर गर्दै लेखेकी छिन्– एक अर्का संग हामी नजिक हौ या टाढा हामी दुबै दिदि बहिनी सधै मनदेखी जोडिनै रहनेछौ । सबैभन्दा राम्री बेहुलीको दिदि हुनुमा गर्व छ । लभ यु रिया कपुर । यस बाहेक सोनमले रियाका पति तथा उनका ज्वाँइ करण बुलानी संगको फोटो पनि शेयर गरेकी छिन् ।

उनी लेख्छिन्– तिमी सधै हाम्रो परिवार रहेका छौ । तिम्रो दोस्ती मेरो ब्रदर इन ल को टाइटल भन्दा बढी महत्व राख्छ मेरो लागि । म एकदमै खुशी छु किनकी तिमि छौ । लभ यु करण बुलानी । उनले आफ्नो पति आनन्द आहुजा संग पनि आफ्नो फोटो शेयर गरेकी छिन् । दुबै जनालाई एकदमै राम्रो सुहाएको छ । उक्त फोटोमा सोनम लाई एकदमै भावुक समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर