बहुपति प्रथामा आधारित डोल्पामा खिचिएको ‘टुल्की’ लाई प्रदर्शनको अनुमति — OSNepal

बहुपति प्रथामा आधारित डोल्पामा खिचिएको ‘टुल्की’ लाई प्रदर्शनको अनुमति

LC (KTM) November 25, 2021 0

जाजरकोट, ९ मंसिर -हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाणपत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए । द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए ।
त्यतिमात्र नभई एक ब्राह्मण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम विवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारको नाममा भोग्नु परेको कहालीलाग्दो पीडालाई चलचित्रमा उतारिएको उनको भनाइ छ ।

चलचित्रमा निर्देशन तथा छायांकन देवजंग थापा तथा शेखर लामा र आरपी कर्मचार्यको लगानी छ । कथा लक्ष्मण सुनारले लेखेकाहुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

करिब वर्षको अध्ययनपछि निर्माण गरिएको चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ ।अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर