बहुमतको सरकार गठन गर्न विपक्षी चारदलको लुम्बिनी प्रदेश प्रमुखसँग माग — OSNepal

बहुमतको सरकार गठन गर्न विपक्षी चारदलको लुम्बिनी प्रदेश प्रमुखसँग माग

LC (KTM) August 02, 2021 0

बुटवल १८ साउन । संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठन गर्न विपक्षी चार दलले आज लुम्बिनी प्रदेशसभा प्रमुखसँग माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरुले संयुक्तरुपमा ४१ जना सांसदहरुको हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् ।

हाल लुम्बिनी प्रदेशमा ८० सांसद रहेकोमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर गरी प्रमुखलाई बुझाएका हुन् ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका शंकर पोखरेल मुख्य मन्त्री रहेकोमा पोखरेलले महुमत गुमाएको भन्दै आज गठवन्ध दलहरुले निवेदन दार्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर