बाँकेको नेपालगन्जबाट मुखमा लुकाएर ल्याउँदै गरेको लागूऔषध सहित राजकुमार पक्राउ — OSNepal

बाँकेको नेपालगन्जबाट मुखमा लुकाएर ल्याउँदै गरेको लागूऔषध सहित राजकुमार पक्राउ

LC (KTM) December 27, 2021 0

बाँके । मुखमा लुकाएर ल्याउँदै गरेको लागूऔषध सहित एक जना पक्राउ परेका छन । बाँके प्रहरीले सिमानाका जमुनाहबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

डेढ ग्राम लागूऔषध ब्राउन सुगरसहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने १९ बर्षीय राजकुमार थारुलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

नेपालगन्जको जमुनाह नाकाबाट उक्त परिमाणको लागूऔषध सहित पक्राउ परेका थारुलाई शंकालागी चेकजाँच गर्दा मुखभित्र प्लास्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको १ ग्राम ५०० मिलिग्राम लागूऔषध भेटिएको हो ।थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा थप अनुसन्धानकालागी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर