बाईक मात्र हैन अब रेल पनि बुलेट , बिना ड्राइभरको रेल प्रतिघण्टा ११० किलोमिटरको रफ्तारमा दौडने — OSNepal

बाईक मात्र हैन अब रेल पनि बुलेट , बिना ड्राइभरको रेल प्रतिघण्टा ११० किलोमिटरको रफ्तारमा दौडने

LC (KTM) November 17, 2021 0

रेलको दुनियामा नयाँ नयाँ प्रयोग र प्रबिधि ल्याउन सफल भएको जापानले फेरी अर्काे चमत्कार गर्ने भएको छ । अब जापानले बिना ड्राइभरको रेल सेवा सुचारु गर्न लागेको हो । पूर्वी जापानको निगाता स्टेसनमा ड्राइभरबिनाको बुलेट रेल परीक्षण सुरु भइसेको छ। ईस्ट जापान रेलवे कम्पनीले बुधबारदेखि ड्राइभरविनाको बुलेट रेल परीक्षण सुरु गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

व्यवसायिक प्रयोजनका लागि प्रयोगमा ल्याइएको ड्राइभरबिनाको सो बुलेट ट्रेन जापानको पहिलो भएको बताइएको छ। यो रेल रिमोटबाट चल्ने बताइएको छ । बुलेट रेलको स्विच अटोमेटिक मोडमा राखेपछि चल्ने बताइएको छ। अक्टोबर २९ मा पहिलो चरणको परीक्षण गरिएको सो बुलेट रेल बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा परीक्षण गरिएको थियो । रिमोटबाट चल्ने यो बुलेट रेल प्रतिघण्टा ११० किलोमिटरको रफ्तारमा दौडने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर