बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र मर्माहत भएका कोइरालाको सरकारसँग यस्तो माग — OSNepal

बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र मर्माहत भएका कोइरालाको सरकारसँग यस्तो माग

LC (KTM) June 16, 2021 0

काठमाडौं २ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र असाध्यै मर्माहत बनाएको बताएका छन् ।

नेता कोइरालाले आफना पार्टीका साथीहरुलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् । साथै उजले सरकारसँग पनि सामाजिक सञ्जाल मार्फत तत्काल विपद्मा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान, बेपत्ताको खोजी कार्य गर्न र पीडितहरूलाई राहत दिन सरकारसँग जोडदार माग गरेका छन् ।

कोइरालाले लेखेका छन्, ‘केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र असाध्यै मर्माहत बनाएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेस पार्टीको विभिन्न तहमा रहनुभएका साथीहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा जुट्न आग्रह गर्दछु । तत्काल विपद्मा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान, बेपत्ताको खोजी कार्य गर्न र पीडितहरूलाई राहत दिन सरकारसँग जोडदार माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर