बारले बोलायो आकस्मिक बैठक — OSNepal

बारले बोलायो आकस्मिक बैठक

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । बिहिबार सर्वोच्च परिसरमा भएको तनावपुर्ण स्थितिको विषयमा छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ ।

शान्ति पुर्ण रुपमा बसेको आन्दोलनमाथि हतियारसहित दंगा प्रहरी तैनाथ गरेको तथा घाइते कानुनव्यवसायीको विषयमा छलफल गर्न बराले आकस्मिक बैठक बोलाएको हो ।

नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू बैठकमा सहभागी हुने बताइएको छ ।

आज भएको प्रहरीको दमनबाट १२ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर