नेपालमा बालबालिकाका लागि अनुमति दियो कोरोना विरुद्धको फाइजर खोप — OSNepal

नेपालमा बालबालिकाका लागि अनुमति दियो कोरोना विरुद्धको फाइजर खोप

LC (KTM) September 12, 2021 0

औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।
अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर