बालबालिकाको स्वास्थ रक्षाको लागी विद्यालय तत्काल बन्द गरौ — OSNepal

बालबालिकाको स्वास्थ रक्षाको लागी विद्यालय तत्काल बन्द गरौ

LC (KTM) December 04, 2021 0

रमेश सिलवाल- विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट बाहिर निस्कदैं गरेको सिंगो विश्वलाई पुनः गाँज्न थालेको आभाष मिल्न थालेको छ । पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको कोभिड-१९ को नयाँ संस्करण ‘ओमिक्रोन’का कारण यतिबेलाविश्व पुनः आक्रान्त बन्ने संकेत मिल्न थालेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार बिहीबार अपरान्हसम्म कोभिड-१९ को म्युटेट भाइरस ‘ओमिक्रोन’ ३० भन्दा धेरै देशमा फैलिएकोप्रमाणित गरिसकेको छ । छिमेकी देश भारतमा समेत कोभिड-१९ नयाँ ‘ओमिक्रोन’ भाइरस फेला परिसकेको छ । यस्तोमाबालबालिकाहरूलाई कोभिड-१९ को नयाँ संस्करणबाट बचाउनको लागि तत्काल विद्यालय बन्द गर्नुको अर्को कुनै विकल्प छैन् ।

जापान, अष्ट्रेलिया, अफ्रिका, बेलायत जस्ता देशहरूले नयाँ संस्करणको भाइरसलाई मध्यनजर गर्दै अधिकांश हवाई उडान रद्दगरिसकेका छन्, देशको सीमा पूर्ण रूपमा बन्द गरिसकेका छन् । हाम्रो जस्तो सुदृढ स्वास्थ संरचना समेत नभएको अवस्थामाबालबालिकाको स्वास्थलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरू बन्द गरी महामारी व्यवस्थापनको नयाँ रणनीति तयार गर्न आवश्यक छ।

कोरोनाको दुबै डोज खोप लगाएका व्यक्तिमा समेत कोभिड-१९ को नयाँ म्युटेट भाइरस ‘ओमिक्रोन’को संक्रमण देखिनु चिन्ताजनक छ ।कोभिड-१९ को नयाँ महामारीसँग लड्न चुस्त कार्यक्रम तय गर्न र विद्यालयहरू बन्द गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछु ।

आफ्ना बालबालिकाको स्वास्थप्रति सचेत हुँदै बालबालिकाहरूलाई विद्यालय नपठाउन आग्रह समेत गर्दछु । यो विषम परिस्थितिमाहामीले नै हाम्रा बालबालिकाहरूलाई स्वस्थ राख्न हामी अभिभावक नै संवेदनशील हुन् आवश्यक छ । हाम्रा बालबालिकाहरूलाई योमहामारीबाट सुरक्षीत राख्न सक्यौं भने हामी हाम्रा बालबालिकाहरूलाई पुनः सुरक्षीत तवरले विद्यारलय पठाउन सक्छौं ,फेरि पनि हामीपुराना दिनको जसरी परिवारसँग र साथीहरूमाझ रमाउन सक्छौ ।

(लेखक रमेश सिलवाल चिल्ड्रेन भिजन नेपाल नामक बालबालिको क्षेत्रमा काम गर्ने संस्थाका अध्यक्ष हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर