बिक्कि संग बिबाह गरेकी कट्रीनाले आफ्नो भुपु प्रेमी सलमान खानलाई धेरै माया भन्दै जन्म दिनको दिईन् शुभकामना — OSNepal

बिक्कि संग बिबाह गरेकी कट्रीनाले आफ्नो भुपु प्रेमी सलमान खानलाई धेरै माया भन्दै जन्म दिनको दिईन् शुभकामना

LC (KTM) December 27, 2021 0

बलिउड सुपरस्टार सलमान खानले आज आफ्नो ५६ औं जन्मदिन धुमधामका साथ मनाएका छन् । परिवार र नजिकका साथीहरूसँग पनवेल फार्महाउसमा उनले आफ्नो जन्म दिन मनाएका हुन् । सलमानले आज आफ्नी सानी भान्जी संगै केक काटेर जन्म दिन मनाएका हुन् । उनको भान्जी आयतको पनि आजै जन्म दिन रहेको थियो ।

सलमान खानलाई जन्म दिनको शुभकामना दिने क्रम पनि आज गज्जबै संग चल्यो । बिभिन्न बलिउडका हस्तीहरुले सलमान लाई जन्म दिनको शुभकामना दिए । यसैक्रममा सलमानको एकदमै नजिककी साथी कट्रिना कैफले पनि सलमानलाई जन्म दिनको शुभकामना दिएका छन् । उनी सलमानको निकै नजिकको र खास साथी हुन् ।

यस्तो अवस्थामा सलमानको जन्मदिनमा अभिनेत्री कसरी पछि पर्न सक्छिन् ? कट्रिनाले सलमानलाई जन्मदिनको विशेष शुभकामना दिएकी छिन् र अभिनेताका लागि विशेष नोट पनि लेखेकी छिन् । कट्रिनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा सलमान खानको मोनोक्रोम फोटो सेयर गरेर दबंग खानलाई आशीर्वाद दिएकी छिन् ।

कट्रिनाले लेखेकि छिन् – सलमान खान तिमीलाई जन्मदिनको शुभकामना । माया, उज्यालो र चमक सधैं साथ रहोस्। मेसेजसँगै कट्रिनाले हार्ट इमोजी पनि बनाएकी छिन् ।साथै, कट्रिनाले आफ्नो पोस्टमा ह्याप्पी बर्थडे स्टिकर पनि बनाएकी छिन् । राम्रो साथी हुनुका साथै सलमान खान र कट्रिना पनि राम्रा सह-कलाकार समेत हुन् ।

सलमान र कट्रिनाले पार्टनर, मैने प्यार क्यूँ किया, भारत, टाइगर जिन्दा है, एक था टाइगर जस्ता सुपरहिट फिल्ममा एकअर्कासँग स्क्रिन सेयर गरिसकेका छन् । सलमान र कट्रिनाको जोडीले सधैं फ्यानहरुबाट अथाह माया पाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर