बिक्की कौशल र कट्रीना कैफ आज बिबाह बन्धनमा बाँधिदै , बिबाह समारोहमा बज्न थाल्यो बिबाहको शहनाई , केकको मुल्य नै ४ लाख — OSNepal

बिक्की कौशल र कट्रीना कैफ आज बिबाह बन्धनमा बाँधिदै , बिबाह समारोहमा बज्न थाल्यो बिबाहको शहनाई , केकको मुल्य नै ४ लाख

LC (KTM) December 09, 2021 0

बलिउडका चर्चित डिबा तथा शक्तिशाली अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । लभ बर्ड विक्की र कट्रिना आज सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा सात फेरो लिए संगै सदाका लागि एक हुनेछन् । कट्रिना आज बाट बलिउड उद्योगका चर्चित अभिनेता विक्की कौशलकी दुलही बन्न लागेकी छिन् ।

बर्ड विक्की र क्याट्रिनाले सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बर्वरामा शाही शैलीमा विवाह गरेपछि सदाका लागि एकअर्कालाई सुम्पने भएका छन् । यसैबीच राजस्थानको सिक्स सेन्स फोर्ट भित्र पञ्जाबी ड्रम बजेको बताइएको छ । यससँगै शहनाईको आवाज पनि सुनिन थालेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अहिले यो जोडीको विवाहको कार्यक्रम धमाधम चलिरहेको छ । सबै जन्तीहरु बिबाह समारोहमा पुगि सकेका छन् ।

त्यस्तै कट्रिना कैफ र विक्की कौशलको विवाहको केकको मूल्य सार्वजनिक भएको छ । समाचार अनुसार केकको मूल्य ३–४ लाख रहेको छ । रिसेप्शनका लागि २ वटा विवाह केकको योजना बनाइएको छ । एउटा पाँच तलाको र अर्को तीन तलाको हुनेछ । एक केक कारमेल, चकलेट विदेशी जामुन स्वाद को हुनेछ। जबकि ५ तलेको केक सेतो वेडिङ केक हो । कार्यक्रममा दुबै परिवारबाट बालबालिकाहरुको विशेष उपस्थिती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर