बिक्की र क्याट्रिनानको बिबाहमा जाने पाहुनालाई यि सामान लैजान नपाइने — OSNepal

बिक्की र क्याट्रिनानको बिबाहमा जाने पाहुनालाई यि सामान लैजान नपाइने

LC (KTM) November 26, 2021 0

बिक्की कौशल तथा कैट्रीना कैफको बिबाह हुन केही हप्ता बाँकि रहेको छ । प्रत्येक दिन यो जोडीको बिबाहको चर्चा बढिरहेको छ । यो जोडीको ताजा अवस्थाको बारेमा कुरा गर्नु पर्दा राजस्थान जानु भन्दा पहिला नै मुम्बईमा कोर्ट म्यारीज गर्ने बताइएको छ । तर बिक्की कौशल र कैट्रीना दुबै ब्यस्त रहनेछन् । बिक्कीका नजिकका अनुसार बिक्की बिबाहको अघि र पछि पुरै ब्यस्त रहने छन् ।

एक इन्साइडर खुलासा अनुसार बिक्की पहिला लक्ष्मण उतेकरको अनटाइटल्ड राम काम फिल्म जसमा उनको अपोजिट सारा अली खान रहेकी छिन् त्यसको शुटिंग पुरा गर्नेछन् । जुन पुरा हुनका लागि डिसेम्बर ३ सम्म लाग्न सक्छ । त्यसपछि बिबाह लगत्तै मध्यप्रदेशमा शुट भईरहेको फिल्मको सुरुवात गर्नेछन् ।

त्यस्तै कैट्रीना पनि बिबाह लगत्तै फिल्मको शुटिंगमा ब्यस्त रहने कार्यतालिका रहेको छ । कैट्रीना आफ्नो बहु प्रतिक्षित फिल्म टाइगर ३ को शुटिंग शुरु गर्नेछिन् । त्यस्तै बिक्की कौशल र कैट्रीनको बिबाहमा पाहुनाको लागी मोबाईल प्रयोगमा प्रतिबन्ध लगाईने भएको छ ।

इभेन्ट म्यानेजमेन्ट एजेन्सीले यो जिम्मेवारी लिएको छ कि बिबाह संग जोडिएको कुनै पनि भिडियो तथा तस्बीर सामाजिक सञ्जालमा भाइरल नहोस् । जब सम्म कैट्रीना र बिक्कीले सामाजिक सञ्जालमा अपलोड गर्दैनन् त्यतिबेला सम्म अरुलाई पनि कहि कतै बाट भिडियो तथा फोटो सार्वजनिक गर्न नदिईने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर