बिग बोस ओटीटी : नेहा भसीन आउट , मुस जट्टाना भईन खुशी , भनिन्– धन्यबाद बिग बोस , राम्रो फैसला — OSNepal

बिग बोस ओटीटी : नेहा भसीन आउट , मुस जट्टाना भईन खुशी , भनिन्– धन्यबाद बिग बोस , राम्रो फैसला

LC (KTM) September 16, 2021 0

बिग बोस ओटीटीको ग्राण्ड फिनाले आउन दुई दिन बाँकि रहदा शो की एकदमै रमाईली प्रतिष्पर्धी नेहा भसीन एलिमिनेट भएकी छिन् । अब मात्रै ५ प्रतिष्पर्धी ट्रफीको लागि एक अर्का संग प्रतिष्पर्धा गर्नेछन् ।

राती अबेर मिड वीक एलिमिनेशनमा नेहा भसीन आउट भएसंगै उनको बेस्ट फ्रेण्ड प्रतीक सहजपाल र शमिता शेट्टी नराम्रो संग रोएका थिए । नेहा भसीन तथा अरु बाँकि प्रतिष्पर्धी पनि एकदमै निराश भएका थिए । तर मुस जट्टाना भने नेहा भसीन निस्किए को खबरले एकदमै खुशी भएकी छिन् ।

उनी अघिल्लो दिन मात्रै आउट भएकी थिईन् । नेहा भसीन एलिमिनेट भएसंगै मुसले आफ्नो इन्ष्टा स्टोरीमा धेरै भिडियोहरु पोष्ट गरेकी छिन् । भिडियोमा मुस एकदमै खुशी मनाईरहेको देख्न सकिन्छ । मुसले भिडियोमा भनेकी छिन्– धन्यबाद बिग बोस , एकदमै राम्रो फैसला ।

भिडियोमा उनी एकदमै खुशी मनाईरहेको देख्न सकिन्छ । यस शो उनीहरु दुबै जना एकदमै धेरै झगडा गरिरहेको देख्न पाईएको थियो । मुस र प्रतिक एकदमै नजिक थिए । यसैक्रममा नेहा प्रतिक संग नजिकिनु मुसलाई एकदमै असह्य भईरहेको थियो । उनले नेहा र प्रतिकको सम्बन्ध बारे बारम्बार प्रश्न उठाउने गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर