बिग बोस १५ का सबैभन्दा महंगा प्रतिपष्र्धी जय भानुशाली , शो का लागि लिए यति मोटो रकम — OSNepal

बिग बोस १५ का सबैभन्दा महंगा प्रतिपष्र्धी जय भानुशाली , शो का लागि लिए यति मोटो रकम

LC (KTM) October 04, 2021 0

२ अक्टोबर बाट एकदमै धुमधामका साग बिग बोसको सिजन १५ सुरु भएको छ । बिग बोसको घरमा सलमान खानले शनिबार १३ प्रतिष्पर्धीहरुको परिचय गराएका छन् । सबैभन्दा पहिला बिग बोसको घरमा आउने सौभाग्य पाएका प्रतिष्पर्धी थिए जय भानुशाली । बिग बोसमा उनको प्रबेश लाई लिएर सबैतिर खैला बैला मच्चिएको छ । उनी यो सिजनको सबैभन्दा मंहगो प्रतिष्पर्धी रहेको बताइएको छ । एक भारतीय संचारमाध्यमका अनुसार बिग बोस सिजन १५ को सबैभन्दा मंहगो प्रतिष्पर्धी जय रहेका छन् ।

उनलाई यो शो मा आउनका लागि एकदमै मोटो रकम निर्माण पक्षले दिएको बताइएको छ । स्पटब्वाईका अनुसार करण कुन्द्रा पनि मंहगो प्रतिष्पर्धी रहेका छन् । दुबै जना टेलिभिजनका चर्चित अनुहारहरु रहेका छन् । उनको रकमका बारेमा केही नुखलाइए पनि निक्कै मोटो रकम लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर