बिग बोस १५ मा करण कुन्द्राले प्रतीक लाई उचालेर पछारे , सलमानले करणलाई गाली गर्दै भने– म भित्र आउँछु मलाई नि पछार्ने हो ? — OSNepal

बिग बोस १५ मा करण कुन्द्राले प्रतीक लाई उचालेर पछारे , सलमानले करणलाई गाली गर्दै भने– म भित्र आउँछु मलाई नि पछार्ने हो ?

LC (KTM) December 04, 2021 0

बिग बोस १५ मा वाइल्ड कार्ड प्रतिष्पर्धीहरु आए पछि फ्यानहरुलाई दैनिक रुपमा एकदमै भरपुर मनोरञ्जन मिलिरहेको छ । आउने विकेण्डो बारमा धेरै ठुलो धमाल मच्चिनेवाला रहेको छ । सलमान खानको शो मा सारा अली खान आफ्नो फिल्म अतरंगीको प्रमोट गर्न आउँदैछिन् । यहि बेला सलमानले करण कुन्द्रा तथा शमिता शेट्टीलाई क्लास लगाएका छन् । शो को ब्लकबस्टर प्रोमो बाहिर आएको छ ।

जसमा सलमान खानले करण कुन्द्रालाई निशाना साँधेका छन् । करण माथि सलमानले तिखो वार गरेका हुन् । उनको गेम प्रति सवाल उठाएका थिए । सलमान खानले करण संग सोध्छन्– बीच बीचमा आफ्नो अक्कल कहाँ घाँस खान गएको थियो ? आफु संग शब्द छैन र के हात खुट्टै चलाउनु पर्छ ? विकेण्डको बारमा यी सबै प्रश्नहरुको करणले जवाफ दिनुपर्ने भएको छ ।

करण संग रिसाउँदै भने– म भित्र जान्छु मलाई उचालेर पछारेर देखाउ ? सलमान खानको गाली खाए पछि करण कुन्द्रा एकदमै टेन्सनमा देखिन्छन् । करण कुन्द्रा यसपटकको टास्कमा एकदमै एग्रेसीभ देखिएका छन् । करण कुन्द्राको यो हिसं्रक रबैया यस भन्दा पहिला पनि शो मा देखिईसकेको छ । करणले प्रतीकलाई उचालेर पछारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर