बिरामी भएपछि जर्मन पुगे अभिनेता अनिल कपुर — OSNepal

बिरामी भएपछि जर्मन पुगे अभिनेता अनिल कपुर

LC (KTM) November 28, 2021 0

बलिउडका चर्चित नायक अनिल कपुरले आफ्नो जर्मनी टुरको लास्ट डेको भिडियो शेयर गरेका छन् । जसमा अनिलले बताएका छन् कि आज उनको उपचारको अन्तिम दिन हो यसै सिलसिलामा आफु जर्मनका डाक्टर संग भेट्न लागिरहेको बताएका छन् । यस भिडियोमा अनिललाई कालो रंगको कोट लगाएको देख्न सकिन्छ जसमा कालो क्याप तथा कालै ट्राउजर मिलाएर लाएको देखिन्छ ।

यस भिडियोको क्याप्सनमा अनिल लेछन्– हिउँमा परफेक्ट वक । जर्मनमा लास्ट डे म डाक्टर मुलर संगका आफ्नो लास्ट ट्रीटमेन्टको लागि भेट्न गईरहेको छु । उनको तथा उनको म्याजिकल टच संग धन्यबाद दिन चाहान्छु । उनको फ्यानहरुले उपचारलाई लिएर चिन्ता ब्यक्त गरेका छन् ।

उनले के को उपचार गराई रहेका छन् भनेर फ्यानहरुले चिन्ता जाहेर गरेका हुन् । एक फ्यान अनिल कपुरलाई ट्याग गर्दै लेख्छन्– सर तपाईले अघिल्लो साल पनि भन्नु भएको थियो डा.मुल्लरले तपाईलाई पुरा ठिक गरिदिनुभयो । मलाई आशा छ तपाई चाँडै ठिक हुनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर