बिवाहको अन्तिम तयारीमा कैटरिना कैफ,यस्तो छ तयारी — OSNepal

बिवाहको अन्तिम तयारीमा कैटरिना कैफ,यस्तो छ तयारी

LC (KTM) November 28, 2021 0

बलिउडमा जमेको जोडी कैट्रिना तथा बिक्कीको बिबाहको तयारी तिब्र पारिएको छ । अलग अलग इभेन्ट कम्पनि अन्तिम रिहर्सल गरिरहेका छन् । यो बिबाह राजस्थानको सवाई माधोपुरमा हुने छ । त्यहाको चोथका बरवाडामा रहेको सिक्स सेंस फोर्ट रिर्साेटमा कैट्रिना तथा बिक्कीे बिबाह बन्धनमा बाँधिन लागेका हुन् । बिबाह डिसेम्बर ७ देखी ९ सम्म चल्ने बताइएको छ ।

आज बिहान साढे ९ बजे होटलमा अलग अलग इभेन्ट कम्पनिको गोप्य बैठक बसेको थियो । यो बैठक कैट्रिना तथा बिक्कीको साथमा नै सम्पन्न भएको थियो । बैठक सुरु भए लगत्तै दिनहु होटलमा सब्जी तथा अन्य सामान लैजानेहरुलाई प्रबेशमा निषेध गरिएको थियो । बरवाडामा रहेको ७ सय बर्ष पुरानो गढमा बनेको होटलमा बिक्की कौशलको बिबाह ३ दिन सम्म चल्ने बताइएको छ ।

बुकिंग पक्का भए संगै तयारी तिब्र रुपमा थालिएको छ । तर कैट्रिना तथा बिक्कीले बिबाहको बारेमा अहिले सम्म कुनै औपचारिक घोषणा गरेका छैनन् । कार्यक्रम पुरै गोप्य राख्नको लागि बिहिबार राती डेकोरेशन टीमले होटलमा आतिशबाजी तथा अन्य चिजहरुको रिहर्सल गरेको थियो । बिबाहलाई लिएर सुरक्षा ब्यवस्थापन देखी खानाको तयारी समेत मजबुत बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर