बिवाह सुरु भए लगत्तै विक्की र केटरिनालाई आइपर्यो फर्साद — OSNepal

बिवाह सुरु भए लगत्तै विक्की र केटरिनालाई आइपर्यो फर्साद

LC (KTM) December 08, 2021 0

विक्की कौशल र कैटरिना कैफ बिबाहको अन्तिम तयारीमा जुटिरहेका बेला एक दुःखद खबर आएको छ । यति धेरै तामझाम र बिशेष सुरक्षा योजना सहित गोप्य तरिका बाट आजदेखि तीन दिनसम्म चल्ने विवाहको विषयलाई लिएर उजुरी परेको छ । राजस्थानका एक वकिलले यी दम्पत्तिको बिबाह बिरुद्ध उजुरी दर्ता गराएका हुन् ।

राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा आज देखी ९ डिसेम्बरसम्म चल्ने बिबाह समारोहलाई लिएर एक स्थानीय वकिलले उजुरी दर्ता गराएका हुन् । बिबाह बिरुद्ध परेको उजुरी भने सामान्य तर सार्वजनिक महत्वको बिषय रहेको छ । जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता भएको उजुरीमा कट्रीना तथा बिक्कीको विवाहको कारण एक मन्दिरको बाटो अवरूद्ध हुने भन्दै त्यसलाई रोक्न माग गरिएको छ।

बिबाहलाई मध्य नजर गर्दै स्थानीय प्रशासनले नै विवाहको समारोहका लागि एक हप्ता सम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ। यसरी उजुरी दर्ता गर्ने वकील नेत्रबिन्द सिंह रहेका छन् । सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै उनले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन्। कतिपयले उनको उजुरीलाई एकदमै राम्रो काम भनेका छन् भने कतिपयले चर्चामा आउनलाई गरेको हत्कण्डाको रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर