बिहिबारको दिन भगवान श्री हरि विष्णुको पूजा–आराधना यसरी गर्नुहोस् — OSNepal

बिहिबारको दिन भगवान श्री हरि विष्णुको पूजा–आराधना यसरी गर्नुहोस्

LC (KTM) November 18, 2021 0

काठमाडौँ । आज बिहिबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गरिन्छ । यो पूजा हिन्दू धर्मावलम्बीहरुले गर्छन् । बिहिबारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु ब्रत बस्छन् ।

आजको दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गर्ने गरिन्छ । यसो गरेमा शौभाग्य मिल्ने विश्वास छ । विष्णुकी पत्नी लक्ष्मीको पूजा गरेर पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गर्ने गरिन्छ ।

आजको दिन व्रत बसेर शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जप गरेमा मनोकाक्षा पूरा हुन्छ भन्ने विश्वास रही आएको छ । आजको व्रतमा केराको रुखलाई पूजा गर्ने प्रचलन पनि छ । पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा पुण्ड प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर