बिहिबार फुलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेबाट गोला प्रथाबाट पेशी तोकिने सहमति — OSNepal

बिहिबार फुलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेबाट गोला प्रथाबाट पेशी तोकिने सहमति

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकमा भोली बिहिबार पूर्ण बैठक (फुलकोर्ट) बैठक बोलाउने निणर्य भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरासँन्थ अशन्तुष्ट रहेका न्यायाधीशहरुको बैठकले जबरालाई भोली बिहिबार फुलकोर्ट बैठक बोलाउन आग्रह गरिने निणर्य गरेको हो ।

आज भएको न्यायाधीशहरुको छलफलमा यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेकोमा मंसिर १५ गतेबाट उक्त नियमअनुसार गोला प्रथाबाट पेशी तोक्ने विषयमा समेत सहमति जुटेको छ ।

बिहिबार गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न पूर्ण बैठक बोलाइने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर