बिहे गर्न ठिक्क परेकी अभिनेत्री केटरिनाको कार जब ट्राफिकले बिच बाटो मै रोकेपछि — OSNepal

बिहे गर्न ठिक्क परेकी अभिनेत्री केटरिनाको कार जब ट्राफिकले बिच बाटो मै रोकेपछि

LC (KTM) December 06, 2021 0

कट्रीना कैफ तथा बिक्की कौशलको बिबाहको खबर यतिबेला बलिउड बजारको सबैभन्दा ट्रेन्डिंगको बिषय बनेको छ । सबैजना बिबाहको कन्फर्मेशनको प्रतिक्षा गरिरहेका छन् । तर कट्रीना तथा बिक्की दुबै जना मुम्बईमा अरु बेला जस्तै जिम गईरहेको देख्न सकिन्छ । उनीहरु दुबै जना आफ्नो बिबाहको कुनै छनक समेत दिने पक्षमा रहेका छैनन् ।

फोटो पत्रकारहरु पनि कम छैनन् । उनीहरु दुबै जनाको हरेक पलको अपडेटमा लागि परेका छन् । यसैक्रममा कट्रीनाको एउटा भिडियो अहिले बाहिर आएको छ । जुन सामाजिक सञ्जालमा एकदमै चलिरहेको छ । उक्त भिडियोमा कट्रीनाको कार ट्राफिक पुलिसद्धारा रोकेको देख्न सकिन्छ । भिडियोमा एक ट्राफिकले कट्रीनाको कार रोक्छन् र चेकिंगका लागि अगाडी बढ्छन् ।

ड्राइभरको सिटको नजिक आएर उनी कारको झ्याल बाट भित्र चिहाउँछन् फेरि ड्राइभर संग केही कुरा गरेपछि ट्राफिकले कारलाई अघि बढ्न दिन्छन् । यो एकदमै सामान्य बिषय भए पनि कट्रीना र बिक्की कौशलको बिबाहको खबरले बजार तातिरहेको बेला यो भिडियोलाई आम दर्शकले रमाईलो मानेर हेरिरहेका छन् भने प्रतिकृया समेत जनाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर